प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

आज प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रचण्डले बैठकमा सम्बोधन गर्ने भएका हुन् । प्रचण्डले रसुवा बाढीपहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् ।

सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएकाले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन माओवादीले निर्देशन गरेको छ ।

Comments

One response to “प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने”

  1. ksp pyl Avatar
    ksp pyl

    नेपाललाई अस्थिर बनाएर विदेशीको लागि काम गर्ने गद्दारहरूबाट सावधान !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *