काठमाडौं । साफ महिला यु २० च्याम्पियनसिपमा नेपाल बंगलादेशसंग पराजित भएको छ । बंगलादेशमा जारी च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल अन्तिम मिनेटमा सम्हालिन नसक्दा घरेलु टोलीसँग ३-२ ले पराजित हुनुपर्यो।
सिन्हा शिखाले १४औं मिनेटमा गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको ३६औं मिनेटमा सागोरिकाले गोल गर्दै अग्रता दोब्बर बनाइन् ।
खेलको ७७औं मिनेटमा पेनाल्टीमार्फत नेपालकी अनिशा राईले गोल गर्दै अग्रता घटाइन् ।८६औं मिनेटमा मीना देउवाले गोल गर्दै नेपाललाई बराबरीमा ल्याइन् ।
२-० ले पछि परेको नेपाल खेलमा फर्किएपनि इन्जुरी समयको अन्तिममा सम्हालिन सकेन । इन्जुरी समयको अन्तिम मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई जितको बाटो दोहोर्याइन् ।
च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो ।

Leave a Reply