वाणिज्य बैंकहरुको ११ महिनाको नाफा ५४ अर्ब ८ करोड, कुनले कति कमाए ?   

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले ५४ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । चालू आवको ११ महिनामा २० वटा वाणिज्य बैंकले ५४ अर्ब ८ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा सबैभन्दा बढी नाफा नबिल बैंकले आर्जन गरेको छ । यस बैंकले ६ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै, सर्वाधिक नाफा आर्जन गर्ने बैंकको दोस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकले ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा नाफा कमाउँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ कमाएको छ ।

त्यस्तै, चालू आवको ११ महिनामा एभरेष्ट बैंकले ४ अर्ब २४ करोड, नेपाल बैंकले ३ अर्ब ७ करोड, एनएमबि बैंकले ३ अर्ब ३ करोड, प्राइम कमर्सियल बैंकले २ अर्ब ९० करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ७२ करोड र लक्ष्मी सनराइज बैंकले २ अर्ब ५७ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

चालू आवको जेठ मसान्तसम्म प्रभु बैंकले २ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाउँदा सिद्धार्थ बैंकले २ अर्ब २१ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २० करोड कमाउँदा सानिमा बैंकले २ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएका छन्  ।

यस अवधिमा कृषि विकास बैंकले १ अर्ब ८१ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब ५४ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ५० करोड, सिटिजन्स बैंकले १ अर्ब ४१ करोड, हिमालयन बैंकले ९० करोड ५३ लाख, एनआईसी एशिया बैंकले ८२ करोड ९७ लाख रुपैयाँ र कुमारी बैंकले ४८ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *