लाहुरेहरु सल्लाह-साउतीमै छन्, गुण्टाहरु उफ्रेका उफ्रै

वर्षाको बेला छ । कहिलेकाहीँ आकाशबाट पानीमात्रै पर्दैन, आकाशै घोप्टिएजसरी दर्किन्छ । बस्तीहरु जलमग्न हुन्छन् । मौसमको खबरमा सुनिन्छ, ‘पश्चिमी वायुको प्रभाव ।’ यस्तो हुँदा मेघगर्जन र चट्याङसहितको वर्षा हुन्छ । त्यसमाथि न्यून चापीय रेखाले नेपालमा दुःख दिने गरेको छ ।

नेकपा (एमाले) भित्र अहिले त्यही प्रकारबाट ‘पश्चिमी वायुको प्रभाव’ देखिन्छ । त्यसमाथि न्यून चापीय रेखा औसतभन्दा माथि उकालिएको छ । माथिल्लो वायुमण्डलमा बन्ने एउटा मौसमी रेखा, जो भूमध्य, अक्षांश र देशान्तर रेखाजस्तो तटस्थ नहुनुलाई न्यून चापीय रेखा भनिन्छ ।

यो अवस्थामा सूर्यको ताप बढ्छ र न्यून चाप उत्पन्न हुन्छ । समुन्द्र र जमिनका बीचमा मनसुनी पुलको अवधारणाअनुसार वर्षाको चक्र चल्छ । जब जमिन तात्छ, तब समुन्द्र चिसो हुन्छ । यसप्रकार समुन्द्रबाट जमिनतर्फको हावामा वृद्धि हुन्छ ।

एमालेभित्र अहिले त्यही प्रकारबाट एकातिर पश्चिमी वायु र अर्कातिर न्यून चापीय रेखा देखियो ।

यो वेमौसमी छ । एमालेको हितमा त छैन नै, यो कुरा जान्दाजान्दै बाढीग्रस्त बस्ती बस्तीमा कतिपय एमालेजन नै डुबुल्की मार्न मग्न देखिन्छन् । त्यसमाथि यो वर्षामा स्थानीय वायुको उत्तिकै प्रभाव छ । पानीमात्रै पर्दैन, पानीसँग प्रदूषण र कीटाणुको उत्तिकै पर्याप्तता हुन्छ ।

वास्तविकता के हो ?

एमालेका विषयमा एमालेभन्दा अरुलाई बढी खुशी बनाउने गरी भइरहेका चर्चा, बहस र विग्रहको श्रृंखला आयातीत छ । किनभने, एमालेभित्र अहिल्यै नेतृत्व परिवर्तन हुने गरी न महाधिवेशन हुँदैछ, न अरु त्यस्तो कुनै मध्यकालीन गतिविधि नै । विधान र नीतिलाई व्यवस्थापन गर्नका निम्ति विधान महाधिवेशनसम्म हुँदैछ, संघारमा आइपुग्यो ।

तर, वर्षायाममा पश्चिमी वायुको प्रभावसँगै न्यून चापीय रेखा आइलागेजस्तो एमालेको नाममा बजारमा यस्ता यस्ता चिज वर्षिरहेका छन् कि, त्यो न एमालेजनले, न घरेलु शक्तिमात्रैको तागतले भइरहेको छ ।

बजारमा सुनिएका केही अफवाह यस्ता छन्- एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीलाई विद्या भण्डारीको सदस्यता नवीकरण प्रकरणले सताइरहेको छ । देशभरका एमाले ‘गोडाफाट–सतर्क’ को शैलीमा लामवद्ध छन् । अब ओलीको सत्ता त ढल्यो-ढल्यो ।

यी सोह्रैआना बकवास हुन् । एमालेमा जे–जे भइरहेको छ, शीर्ष नेतृत्वबीच सल्लाह–साउतीमै चल्दैछ । अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारी सघन सहकार्यमै हुनुहुन्छ । तातो उदाहरण हो, त्रिभुवन विश्वविद्यालयमा उपकूलपतिको नियुक्ति ।

तर, उफ्रिनेहरु ‘अब देखाइदिने हो’ भन्दै चुट्की मारिरहेका छन् । त्यहाँँ स्थानीय र पश्चिमी वायुको प्रभाव त थियो नै, न्यून चापीय रेखाले पनि काम गरेको छ ।
घर फर्किएको लाहुरे नाच्दै र रमाउँदै आउँछ । पहिला लाहुरे नाच्ने हो, त्यसपछि लाहुरेले गुण्टा उफार्ने हो । तर, एमालेमा लाहुरे नाचेकै छैन । गुण्टाहरु उफ्रेका उफ्रै छन् । यो स्वाभाविक छैन ।

त्यो इतिहास बोकेको एउटा नेताले हिजोका आफ्ना संवैधानिक हैसियत सकिएपछि फेरि पनि उक्त हैसियतअनुसार तटस्थ बस्दिनँ, पार्टीमा काम गर्छु, सदस्यता नवीकरण गरेँ भन्नु अन्यथा होइन ।

विद्याको पुनरागमन

विद्या भण्डारी केवल मदनपत्नीमात्र हैन । मदनसँग विवाह हुनुअघि उहाँ कम्युनिष्ट आन्दोलनको भट्टीमा खारिएर मुटुलाई स्पात बनाएकी एक योद्धा हुनुहुन्छ । मदनले एउटी मामुली ‘केटी’ सित हैन, आन्दोलनकी योद्धासँग विवाह गर्नुभएको हो । त्यसैले विद्या पहिला आन्दोलनकी योद्धा र पछिमात्रै मदनकी पत्नी हो ।

त्यो इतिहास बोकेको एउटा नेताले हिजोका आफ्ना संवैधानिक हैसियत सकिएपछि फेरि पनि उक्त हैसियतअनुसार तटस्थ बस्दिनँ, पार्टीमा काम गर्छु, सदस्यता नवीकरण गरेँ भन्नु अन्यथा होइन ।

संविधान, कानून र विभिन्न अभ्यासले के भन्छन्, त्यतातिर नजाऔँ । पार्टीले निश्चित जिम्मेवारीमा पठाएर काम सिध्याएका नेताहरु फेरि पार्टी काममा जोडिन्छु भन्नुलाई नै अतिशयोक्तिका रुपमा लिनुहुँदैन । त्यसमाथि उहाँ स्वयंले तत्काल कुनै ‘विशिष्ट आकांक्षा’ नभएको भनिसकेपछि भोलि, पर्सितिरै केपी ओलीलाई अध्यक्षबाट हटाएर आफू पदासिन हुनेजसरी बजार तताइयो ।

पार्टीमा काम गर्दै जाँदा कुनै दिन अध्यक्ष हुने इच्छा हुनु अनौठो होइन । उपाध्यक्ष भइसकेको विद्या भण्डारीले अध्यक्ष हैन, सचिवचाहिँ बन्छु भन्ने कुरा पनि आएन ।

कुनै पनि जर्नेलले मेजरतिर झर्छु भन्दैन । तर, त्यो जर्नेल कहिले कमाण्डर इनचिफ हुन्छ रु कसरी हुन्छ रु त्यसका तरिका, विधि र प्रक्रिया हुन्छन् । कानुनले दिन्छ, दिँदैन रु निर्णयकर्ता हुन्छन्, तिनका मनस्थिति र परिस्थितिका कुरा होलान् ।

स्वयं विद्या भण्डारीको पनि ठहर हो कि, आजको एमालेभित्र केपी ओलीको विकल्प छैन । किनभने, विधानतः उहाँ १० औँ महाधिवेशनबाट पाँच वर्षका निम्ति अध्यक्ष निर्वाचित हुनुभएको हो । उहाँलाई बीचैमा अध्यक्षबाट हटाउनुपर्ने वा उहाँले हटिदिनुपर्ने त्यस्तो कुनै खेलखण्ड एमालेभित्र भएको छैन । न त अहिले नेतृत्व हेरफेर गर्ने राष्ट्रिय महाधिवेशन नै संघारमा आएको हो । यदि, विद्या भण्डारी वा कोही अध्यक्ष बन्नुहुन्छ भने पनि आजैभोलि, तात्तातै कोही, केही हुनेवाला छैन ।

विद्या आउँदा वा नआउँदा के हुन्छ ?

नेकपा ९एमाले० आज जहाँ छ, जे–जस्तो छ, यस्तै रहन्छ । कार्यकर्ता एकजुट भइरहे जनमत बढ्ला । छाडेर गएकाहरु कोही आउलान्, भएका कतिपयले छाडेर जालान् । यो चलिरहने चक्र हो ।

हिजो सीपी मैनालीलाई तत्कालीन मालेकालीन समयको एउटा अपरिहार्य नेता मानिन्थ्यो । सीपी नहुँदा देशमा कम्युनिष्ट आन्दोलन नै पो छैन कि भनेजस्तो समय थियो । आज पनि सीपी यही धर्तिमा हुनुहुन्छ, तर एमालेमा खोजिँदैन । आजको एमालेलाई उहाँको आवश्यकता छैन । उहाँको कारणले केही क्षति हुने थियो भने त्यो भइवरी एमाले एमालेकै ठाउँमा उभिइसक्यो ।

हिजो एकताका नाममा प्रचण्डहरुले झण्डैझण्डै खाइसकेको अवस्थामा जेजस्ता जोखिम मोलेर केपी ओली नेतृत्वमा एमाले टिक्यो वा बाँच्यो, हिजोका बिगारबाट अगाडि बढेर एउटा लय पक्डिएको पार्टीका रुपमा अगाडि बढिसक्यो ।

माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरु पनि आजको एमालेमा छैनन् । उनीहरु नभएर एमालेलाई जे–जति क्षति हुनुपर्ने थियो, त्यो व्यहोरेर एउटा लयमा पार्टी गइसक्यो । अब एमालेसँग बिग्रनका लागि वा सकिनका लागि केही त्यस्तो चिज छैन ।

हिजो एकताका नाममा प्रचण्डहरुले झण्डैझण्डै खाइसकेको अवस्थामा जेजस्ता जोखिम मोलेर केपी ओली नेतृत्वमा एमाले टिक्यो वा बाँच्यो, हिजोका बिगारबाट अगाडि बढेर एउटा लय पक्डिएको पार्टीका रुपमा अगाडि बढिसक्यो । फर्किन मन लागेकाले पदको बार्गेनिङ नगरी, पंक्तिकारजसरी बिनाशर्त फर्किंदा बाटो खुलै छ । हैन, उतै भुन्भुनाएर बस्छु भन्नेहरुले बुझून्, कस्ता–कस्ता हस्ती नहुँदा पनि यहाँसम्म आएको एमाले अब यहाँबाट पछाडि फर्किनेवाला छैन, अगाडि नै बढ्छ ।

त्यसैले विद्या अध्यक्ष हुनुभएछ भने पनि कमरेड केपी ओलीसँगकै सहकार्यमा हुने हो । ‘अर्कै किसिमले’ एमालेमा केही हुनेवाला छैन । एमालेलाई राम्रो बनाउन चाहनेहरु एमालेभित्र बसेर दुःख गरिरहेका छन् । बाहिर बसेकाले फलानो आए राम्रो, नभए ‘यस्तो, उस्तो’ भनेर गीत नगाए हुन्छ ।

नेतृत्व जो र जस्तो हुन्छ, केपी ओलीको रुची र छनौटबेगरको हुँदैन । अनि, एमाले एमालेकै रुपमा सुरक्षित रहने शर्तबाहेकका अन्य शर्त र सम्झौतामा कुनै पनि एकता वा सहकार्य सम्भव छैन । त्यसैले बाहिर बसेकाहरु यो वा त्यो नाममा धेरै अफ्रिनु मनासिव छैन ।

घेराबन्दीको अर्थ

महासचिव शंकर पोखरेलले औँल्याउनुभएका केही घेराबन्दीमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ हरु सबभन्दा घातक हुन् । उनले गरेको वाम–प्रगतिशील शक्तिको एकता र सहकार्यको मीठा कुराबाट एमालेलाई जोगाउनुपर्छ । अहिले विभिन्न नाम र बहानामा एमालेभित्र भित्र्याउन खोजिएको हुँडार प्रचण्ड प्रभावित छ ।

हिजो एमाले आवरणका एकथरि नेता, कार्यकर्तालाई चम्काएर प्रचण्डहरुले पार्टी फुटाउनेसम्मका धन्दा चलाएपछि अब ‘ओलीविरुद्ध विद्या’ भन्ने अफवाहयुक्त भाष्यको खेती चलाइरहेका छन् । न विद्याले ओलीविरुद्ध पार्टी काममा आएँ भन्नुभएको छ वा त्यस्तो केही नै गर्नुभएको छ । न त ओलीले विद्यालाई निषेध गर्ने कुनै भनाइ, व्यवहार वा संकेत नै गर्नुभएको छ । बरु, उहाँहरु सघन सहकार्य र परामर्शमै देखिनुहुन्छ ।

एमालेप्रति अनुदार घरेलु शक्तिहरुको घेराबन्दी प्रयास एमालेभित्र सफल हुने छाँटकाँट छैन । पश्चिमा र अन्य विदेशी शक्तिले एमालेको क्षयीकरणबाट चीनविरुद्धका गतिविधिको सहजता खोजिरहेको हो भने एमाले सबभन्दा बढी सचेत त्यही कुरामा छ । न पश्चि, न दक्षिण– कसैको पनि उक्साहट एमालेभित्र चल्दैन । उत्तरी मुलुक चीन सुदृढ र सशक्त एमाले चाहन्छ । यसो भनेर दक्षिणी मुलुक भारतसँग तिक्ततापूर्ण सम्बन्ध बनाउनुपर्छ भन्नेमा एमाले छैन ।

Comments

One response to “लाहुरेहरु सल्लाह-साउतीमै छन्, गुण्टाहरु उफ्रेका उफ्रै”

  1. ksp Avatar
    ksp

    यो अनलाईन चाहिँ विद्याको लागि दलालि जस्तै गर्दैछ । यसको सोझो अर्थ यो अनलाईन पनि एमालेलाई कमजोर बनाउन र विद्या मार्फत आफ्नो रोटी सेक्न तल्लिन छ । एमाले कमजोर बनाउन दक्षिणको आदेशमा हिडेको स्पष्ट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *