काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेससँग सहकार्यपश्चात सरकारमा नलिएपछि रास्वपाले एमालेविरुद्ध प्रहार गरेको आरोप लगाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीका सबै विभागहरूको संयुक्त भेलामा उनले माओवादीसँगको गठनबन्धनमा एमालेकै पहलमा रोजेकै मन्त्रालय दिएको दाबी गरे ।
त्यसबारे उनको भनाइ जस्ताको तस्तै-
नेपालको राजनीतिमा मूलधारका राजनीतिक दलहरूको विकल्पको रूपमा आउन खोजेकाहरूले एक प्रकारले जनतामा सोसल मिडियाका माध्यमबाट निराशा सिर्जना गर्ने त्यो निराशाको विकल्पका रूपमा आफ्नो औचित्य पुष्टि गर्ने त्यही मान्यताको जगमा उनीहरूले नेपालको राजनीतिमा पपुलिजमलाई प्रवर्द्धन गर्ने काम गरे । त्यसलाई पार्टीका रूपमा सङ्गठित गर्ने काम गरे, त्यसपछि हामीले यिनीहरूले जनतामा ठुलो अपेक्षा जागृत गरेका छन् ।
उनीहरूलाई परीक्षण हुन दिनुपर्छ, बाहिर राख्यो भने आकर्षण रहिरहन्छ, परीक्षण गरियो भने के रहेछ भन्ने जनताले छिटो बुझ्न पाउँछन् भनेर सत्ता साझेदार बनाउने नीति लियौँ ।
जे माग्छन्, त्यसका लागि पैरवी गरिदियौँ । गृह मन्त्रालय हामीले पहलकदमी गरेरै प्रदान गर्यौँ । शिक्षा, श्रम, स्वास्थ्य राज्यमन्त्री बनाएर कामको जिम्मा दियौँ । हामीले पपुलिस्टलाई कामद्वारा परीक्षण गर्नुपर्छ भन्नेमा मान्यतामा अघि बढ्यौँ । त्यतिन्जेलसम्म अहिलेका रास्वपाका नेताहरू आफ्नो स्वार्थको लागि भरोसाको केन्द्र नेकपा एमालेका अध्यक्षको निवास थियो । बस उठ त्यहीँ हुन्थ्यो । कांग्रेससँगको सहकार्यपछि रास्वपालाई सरकारमा सामेल नगर्न निष्कर्ष पुग्यौँ, त्यसपछि एमालेमाथि प्रहार गर्दैछन् । रास्वपालाई सरकारमा सामेल निष्कर्षमा पुगेपछि एमालेविरुद्ध आक्रमण गर्दैछ ।
हामीले रवि लामिछानेलाई प्रोटेसन नै गरिरहेका थियौँ । उनले यो हदसम्मको बदमासी गरेका छन् भन्ने कुराको अनुभूति पनि थिएन । यति साह्रो के गरेका होलान् भन्ने लागेको थियो । अनुसन्धान गर्नुपर्छ भनेर रिपोर्ट तयार गर्ने रास्वपा पनि हो नि !

Leave a Reply