च्यासलमा एमाले केन्द्रीय विभागहरुको संयुक्त भेला

काठमाडौं । नेकपा एमालेले केन्द्रीय विभागहरूको संयुक्त भेला आयोजना गरेको छ।

पार्टीको आगामी भदौ २०–२२ सम्म आयोजना गरिने दोस्रो विधान महाधिवेशन र साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकका सन्दर्भमा भेला आयोजना गरिएको हो।

च्यासलमा जारी भेलामा पार्टीका सबै केन्द्रीय विभागका प्रमुखहरू, सचिवहरूलाई उपस्थिति अनिवार्य गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए ।

यसअघि नेकपाले गएको बिहीबार जनसंगठनहरुको भेला गरेको थियो।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *