काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस डिल प्रकरण सदनमा उठेको छ।
नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले मन्त्रीको घुस प्रकरण सार्वजनिक हुँदा पनि प्रधानमन्त्री केपी ओली चुप लागेर बसेको भन्दै प्रश्न उठाइन्।
उनले भनिन्, ‘मन्त्रीहरूले घुसको डिल गरेको सार्वजनिक भएपछि सरकारले एक्सन लिन पर्छ कि पर्दैन ? मन्त्रीहरूले नैतिकता देखाउने विषय त टाढाको बन्दै छ।’
उनले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न भन्ने प्रधानमन्त्रीको टुक्काले नपुग्ने भन्दै मन्त्रीको घुस डिल प्रकरणको जवाफ सदनमा आएर दिन माग गरिन्।

Leave a Reply