प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा गएकाहरु नफर्केको पुष्टि भइसक्यो : ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसाबाट प्रधानमन्त्री सहभागी भएको स्पेन गएकाहरू नफर्किएको पुष्टि भइसकेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै भिजिट भिसा प्रकरणको छानबिन गर्नको लागि संसदीय छानबिन समिति बनाउन माग गरे।

उनले भने, ‘प्रधानमन्त्रीसँग नगएको भएपनि उहाँ गएको कार्यक्रममा गएकाहरू नफर्केको पुष्टि भइसकेको छ। यसको छानबिन गरौँ, संसदीय छानबिन समिति बनाउन यो सरकार किन डराएको ? संसदीय छानबिन समितिको माग हाम्रो अडान छ।’

भिजिट भिसा प्रकरणको छानबिन गर्नको गर्न समिति नबनेसम्म आन्दोलन नछाड्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *