पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं। पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । पत्रकार अमृता लम्सालका अनुसार आज साँझ कार्डियाक अरेस्टका कारण निधन भएको हो ।

६२ वर्षीया शर्मा पूर्व पत्रकार पनि हुन् । उनको नर्भिक अस्पतालमा निधन भएको पत्रकार लम्सालले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिएकी छन् ।

पूर्व आयुक्त शर्माको भोलि अन्त्येष्टि गरिने पनि उनले जनाएकी छन् । शर्माको दुई छोरी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *