‘विद्या भण्डारी एमाले नेतृत्वमा आउँदा वामपन्थी एकताको वातावरण बन्नसक्छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किँदा वामपन्थी एकताको लागि सकारात्मक वातावरण बन्नसक्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमाले अहिले केपी ओलीले अपहरण गरेर बन्धक बनाएकोले तत्काल वामपन्थी एकताको सम्भावना नभएको बताए ।

उनले भने, ‘एमालेलाई केपी ओलीले अपहरण गरेर बन्धक बनाउनुभएको छ । एमाले ओलीको अपहरणबाट मुक्त नभइकन वामपन्थीहरुबीच एकता असम्भव छ । एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन ।’

संविधानको रक्षा र कार्यान्वयन गर्न एमालेभन्दा कांग्रेसको सहकार्य नै सापेक्षित प्रगतिशील हुने नेता दाहालले बताए ।

उनले ओली सरकार असफल भइसकेको भन्दै राष्ट्र र जनतालाई हितमा राखेर एउटा पनि काम नगरेको दाबी गरे ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता दाहालले भने, ‘अङ्कगणितको हिसाबले यो सरकार छ, कानूनी हिसाबले पनि सरकार छ, तर जनताको नजरमा सरकार छैन । ढलिसकेको छ । विकास निर्माणमा सरकार छैन । सार्वजनिक सेवा प्रवाहमा सरकार छैन । अन्तर्राष्ट्रिय जगतमा सरकार छैन । सरकार कहाँ छ त ?’

Comments

One response to “‘विद्या भण्डारी एमाले नेतृत्वमा आउँदा वामपन्थी एकताको वातावरण बन्नसक्छ’”

  1. ksp pyl Avatar
    ksp pyl

    एमालेलाई केपि ओफिले अपहरण गरेर बन्धक बनाएको भन्न लाज लाग्दैन यसलाई ? प्रचण्डले ४० वर्षदेखि ओगटेको चाहिँ यसले देखेन ? ४० वर्षदेखि ओगटनेको पछि लागेर अरूलाई नभएको कुरा गर्ने ? प्रचण्डको प्यारो हुन जनताबाट लेभि उठाएको ४५ लाख घर बनाउन दिएको भन्ने कुराको छानबिन गर्नु पर्दैन ? सिन्धुली र रामेछापका क्रसरलाई थर्काएर पैसा असुलेको विषयमा छानबिन गर्नु परेन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *