मन्त्री गुप्ताले घुस डिल गरेको अडियोबारे छानबिन गर्न कांग्रेस नेताको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश रसाइली स्नेहीले सरकारका मन्त्रीहरुले घुस काण्ड डिल गरेको अडियो आएको भन्दै छानबिन गर्न माग गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आरोप लागेपछि मन्त्रीहरुले पनि नैतिकता देखाउनुपर्ने बताए ।

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भएको थियो । उनले भूमिमन्त्री बलराम अधिकारीलाई पनि जोडेका छन् । दुवै मन्त्री प्रधानमन्त्री केपी ओली नेतृत्वको एमालेका हुन् ।

त्यसबारे सांसद स्नेहीले भने, ‘सरकारका मन्त्रीहरुले पनि नैतिकता प्रदर्शन गर्नुपर्छ । मूलधारका मिडियामा सरकारका मन्त्रीहरुको वार्तालाप नै बाहिर आयो । यसले सरकारमाथि चुनौती थपिएको छ । सरकारले यसमा छानबिन पनि गर्नुपर्छ । सरकारका मन्त्रीहरुले नैतिकता पनि देखाउनुपर्छ । यदि भएन भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ ।’

Comments

2 responses to “मन्त्री गुप्ताले घुस डिल गरेको अडियोबारे छानबिन गर्न कांग्रेस नेताको माग”

  1. ksp pyl Avatar
    ksp pyl

    रामहरिले हाकाहाकी कुलिङ् पेरियड हटाएको चाहिँ राजिनामा माग्नु पर्दैन ? खोइ बोलेको झोले ? लाज छैन ? कसले पत्याउँछ तेरा कुरा ?

    1. samir Avatar
      samir

      कालो काङ्ग्रेस-भ्रष्ट एमाले-हत्यारा माओवादी सबैको काम नै देश लुट्नु र जनता मार्नु हो।😡

Leave a Reply

Your email address will not be published. Required fields are marked *