सन्तानमा पुटिनको त्यो आग्रहः ८ वटासम्म बच्चा जन्माउन प्रोत्साहन

काठमाडौ‌ं । नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीस वर्षमा तीन सन्तान जन्माइसक्न आग्रह गरेको क्लिप अहिले भाइरल छ ।

ठीक यस्तै त होइन । तर यस्तै यस्तै र कतिपय अवस्थामा यो भन्दा रोचक आग्रह रुसका राष्ट्रपति भ्यादिमिर पुटिनले गर्दै आएका छन् ।

उदाहरणको लागि सन २०२३ मा पुटिनले भनेका थिए, ‘हाम्रो संस्कार नै चार वा पाँच बच्चाहरु हुर्काउने हो । रुसी परिवारमा नातिनातिना र पनातिपनानिता हुन्थे । एकै परिवारका आठ दश सन्तान हुन्थे ।’ यस्तो लाग्न सक्ला कि पुटिनले युक्रेनसँगको युद्धपछि यस्तो गरेका हुन् । त्यो होइन ।’

युद्ध अगाडिका वर्षहरुमा पनि पुटिनले रुसको जन्मदर घटेसँगै धेरै बालबच्चा पाउनेहरुलाई पुरस्कार, नगर र सम्मान दिने गरेका थिए ।

Comments

One response to “सन्तानमा पुटिनको त्यो आग्रहः ८ वटासम्म बच्चा जन्माउन प्रोत्साहन”

  1. prakash chapai Avatar
    prakash chapai

    खुसि लाग्यो। हनम्र‍ देशमा पनि यस्तै योजना ल्याएर जन्मदर बढाउनुपर्छ,होईन भने अरुको लहै लहमा लाग्ने बानिले हाम्रो अस्तित्व र संस्कार रितिरिवाज धरापमा पर्नसक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *