कैलालीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

दाङ । कैलाली प्रहरीले चार जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भजनी ४ का २५ वर्षीय मनोज चौधरी, २१ वर्षीय विक्रम चौधरी, २८ वर्षीय हनुमान चौधरी र घोडाघोडी १२ का २१ वर्षीय विशाल चौधरी छन् ।

उनीहरुलाई भजनी ५ लालबोझीबाट पक्राउ गरिएको हो ।

मोटरसाइकलमा आएका उनीहरुलाई चेकजाँचको क्रममा ब्राउन सुगर भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

पक्राउ परेकाको साथबाट प्रहरीले मोटरसाइकलसहित पाँच ग्राम ६७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *