पोखरा । जिल्ला अदालत कास्कीले पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली…’ बजाएको अभियोग लागेका गणेशबहादुर पौडेल क्षेत्री १५ हजार धरौटीमा छोड्न आदेश दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको इजलासले पौडेलसँग १५ हजार धरौटी माग गरेको हो ।
गत फागुन २२ गते पोखरा महानगरपालिका– १० विरेन्द्र चोकमा स्वर्गीय राजा वीरेन्द्रको पूर्णकदको सालिक अनावरण गर्ने क्रममा नेपालको पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली…’ बजाइएको थियो ।
पुरानो राष्ट्रिय गान बजाउँदा पूर्वराजा ज्ञानेन्द्र उठेका थिए र सकिएपछि थपडी बजाएका थिए । उक्त कार्यक्रमको संयोजक रहेका पौडेललाई प्रहरीले मुद्दा चलाएको थियो ।

Leave a Reply