चितवनमा घाँस काट्न गएका पुरुष बेपत्ता, स्थानीय भन्छन्- बाघले लग्यो

चितवन । खैरहनी नगरपालिकाकामा घाँस काट्न गएका एक व्यक्ति बेपत्ता भएका छन् । खैरहनी नगरपालिका वडा नम्बर १३ का ६८ वर्षका पदमबहादुर राना जङ्गलमा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चिवनका डिएसपी रवीन्द्र खनालका अनुसार बिहान ७ बजे कुम्रोज मध्यवर्ती सामुदायिक वनमा रानासहित ३ जना घाँस काट्न गएका थिए । तीन जनामध्ये दुई जना फर्किएपनि राना सम्पर्कमा आएका छैनन् ।

प्रहरीले के कारणले उनी सम्पर्कमा आएनन् भनेर खोजी कार्य भइरहेको जनाएको छ । यद्यपि स्थानीयले भने राना बाघको आक्रमणमा परेको बताएका छन् । स्थानीय पत्रकार सञ्जय दुवाडीका अनुसार रानालाई बाघले आक्रमण गरेको र बाघ उनको शवसँगै रहेको भन्दै स्थानीय त्रसित भएका छन् । बाघको आक्रमणमा राना परेपछि स्थानीय त्रसित भएका पनि पत्रकार दुवाडीले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *