मौद्रिक नीति : घर कर्जाको सीमा एक करोड वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा वृद्धि गरेको छ । यसभन्दा पहिले २ करोड रहेकोमा त्यसलाई वृद्धि गरी ३ करोड पुर्याइएको हो। नयाँ घर बनाउदा वा किन्दा बैंकबाट पाइने कर्जाको सीमा वृद्धि गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले घर कर्जा वृद्धि गरेको बताएका हुन् । शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन् ।

नयाँ घर बनाउदा ८० प्रतिशत र अन्य घर कर्जामा ७० प्रतिशत कर्जा दिने भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *