काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मानव सेवा आश्रम रानीवनमा पुगेका छन् । पत्नी सीता दाहालको स्मृति दिवसको अवसरमा सेवा आश्रम पुगेका हुन् ।
प्रचण्डले आश्रममा आश्रितहरूसँग भेटघाट गर्नुका साथै भोजन गराएका थिए। प्रचण्डले पनि पनि त्यही उनीहरूसँगै बसेर खाना खाए ।

आफू प्रधानमन्त्री भएको बेला हेटौँडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै मानव उद्धारका लागि आवश्यक सवारी साधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
मानव सेवा आश्रमले सकारात्मक उद्देश्यले देशभर सञ्चालन गरेका काममा साथ र सहयोग पुर्याउने प्रतिबद्धता जनाए ।


Leave a Reply