एमालेले वास्ता नगरेपछि बामदेवको बाटो फेरियो, नेकपा एसमा समाहित हुने सहमति

काठमाडौं । एमालेका पूर्वउपाध्यक्षसमेत रहेका नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम अन्तत: नेकपा एसमा समाहित हुने भएका छन् ।

दुईजनाबीच पार्टी एकता गर्ने सहमति भएको छ । आउँदो साउन २ गते राष्ट्रिय सभा गृहमा एक समारोहका बीच एकताको घोषणा गर्ने सहमति भएको दुई नेताद्वारा हस्ताक्षरित सहमति पत्रमा उल्लेख छ ।

यसअघ नेपाल र गौतमबीच पटकपटक एकताका लागि छलफल भएपनि निचोड निस्केको थिएन । नेकपा एमालेले औपचारिक रूपमा गौतमसँग सहकार्य गर्ने निर्णय गरेको थियो । तर, यसले मूर्त रूप पाउन सकेन ।

Comments

One response to “एमालेले वास्ता नगरेपछि बामदेवको बाटो फेरियो, नेकपा एसमा समाहित हुने सहमति”

  1. ksp pyl Avatar
    ksp pyl

    पार्टी भित्र्याएको भोलिपल्टदेखि पार्टी फुटाउन हिडने गद्दारहरूलाई एमालेले नभित्र्याएकोमा बधाई छ । अब एमालेले टिकट दिदा पनि हिजो पार्टी छिरेर आज टिकट दिने प्रवृत्तिलाई रोक्नुपर्छ । हारे पनि दुख गरेका आफ्नैलाई टिकट बाँडोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *