तरुण दल काठमाडौंको अधिवेशन साउनभित्र सक्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसनिकट तरुण दलको महाधिवेशन निर्देशन समितिले यही साउन भित्र जिल्ला अधिवेशन गरिसक्न काठमाडौं कमिटीलाई निर्देशन दिएको छ ।

समिति संयोजक कांग्रेस सहमहामन्त्री डिना उपाध्यायसहित, तरुण दल काठमाडौं अध्यक्ष ,अधिवेशन संयोजक कृष्ण जी खड्का र काठमाडौंका १० वटै क्षेत्रका सभापतिसँग अधिवेशनलगायत संगठनका गतिविधिबारे छलफल भएको थियो ।

महाधिवेशन निर्देशन समिति सदस्य जितजंग बस्नेत, तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ पनि उपस्थित थिए ।

छलफलमा महाधिवेशन निर्देशन समितिले १० दिनभित्र जिल्लाभर पूर्णकालीन फारम भरी वडा अधिवेशन गर्ने र साउनभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी तयारी गर्न भनिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *