अर्थ समितिमा सेबोनका अध्यक्षले भने- नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने नै हो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स जसरी पनि दिने बताएका छन् । बिहीबार अर्थ समितिको छलफलमा बोल्दै सेबोनका अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने पक्षमा रहेको सुनाएका हुन् ।

समितिमा अध्यक्ष श्रेष्ठले भने, ‘नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने र भइरहेको नेप्सेलाई पुनर्संरचना र सुधारको पाटोको विषयमा छलफल भइरहेको छ । खासगरि अहिले हाम्रो फोकस नयाँ दिने नै हो । पुरानो नेप्सेलाई साथसाथै कसरी बलियो बनाउँदै लैजाने भन्ने विषयमा पनि छलफल भइरहेको छ ।’

नयाँ स्टक एक्सचेञ्जको विषय धेरै नै पुरानो हो । अध्यक्ष श्रेष्ठ सेबोनमा आउनु अगाडीदेखि नै यो विषय यथास्थितिमा रहेको थियो । एक चरण पुरा गरिसकेकोमा सरकारबाट रोक्का राख्न प्राप्त भएको थियो । तर, पछिल्लो समय नयाँ स्टक एक्सचेञ्जबारे सुझाव समिति गठन गरेको थियो । उक्त समितिले प्रतिवेदन तयार पारेर सार्वजनिक गरिसकेको छ ।

सरकारले उक्त प्रतिवेदन र स्थगित कार्य शुरु गर्नु भनेर निर्देशन दिइसकेको जानकारी दिँदै उनले अगाडी भने, ‘नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको विषय धेरै पुरानो र विवादित विषय हो । यस विषयमा विभिन्न ठाउँदेखि समिति अदालतसम्म उजुरी परेको थियो । यसबारे सबैतिरबाट बाटो खोलिदिएको अवस्था छ ।’

सेबोनका अध्यक्ष श्रेष्ठका अनुसार तीन वटा प्रस्ताव भइसकेको छ । त्यसबारे खाम सिलबन्दीरुपमा सेबोनमा रहेको छ । ती खाम खोल्नु अगाडी केही विषयहरूमा निक्र्यौल गर्नुपर्ने सेबोनका अध्यक्ष श्रेष्ठले बताए ।

त्यस्तै, ९० भन्दा कम नेटवर्थ भएका कम्पनीहरूको आईपीओ जारी नगर्नु भन्नेबारे समितिले दिएको निर्देशन बमोजिम नै सेबोनले काम गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *