काठमाडौंं । नायिका दिव्या रायमाझीको पहिलो म्युजिक भिडियो हिट भएको छ। चलचित्र ‘एक्टर’ बाट फिल्ममा डेब्यु गरेकी दिव्याले दोस्रो चलचित्र ‘पिताम्बर’ पछि पहिलोपटक सज्जन राज वैद्यको म्युजिक भिडियोमा काम गरेकी हुन। ४ दिन अघि रिलिज भएको यो गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ। गीतलाई अहिलेसम्म २१ लाख पटक सुनिएको छ।
गीतमा सज्जन राज वैद्यको स्वर छ भने भिडियोमा पनि दिव्यासँग उनी आफै देखिएका छन। गीतको शब्द लेखन र निर्माण पनि उनी स्वयंमको हो। गीतको भिडियो उनले आफ्नै आधिकारिक ‘सज्जन राज वैद्य’ युउटुब च्यानलबाट गरेका छन।
नयन राईको निर्देशनमा तयार भएको गीतले माया–प्रेम र बेहुली बनाउने कुरा गरेको छ। भिडियोमा सज्जनको नृत्य देख्न सकिन्छ जुन उनको फ्यानको लागी थप आर्कषणको केन्द्र हो। सज्जन अहिलेका युवापुस्ताका चर्चित गायक मध्येका एक हुन।
सन् २०१४ मा पहिलो गीत ‘आज मात्र’ निकालेका सज्जनलाई सन् २०१६ मा आएको ‘हवाईजहाज’ र सन् २०१८ मा आएको ‘चिठीभित्र’ गीतले चिनायो। यसबाहेक ‘हतारिँदै’, ‘बतासिँदै’, आदि जस्ता गीत उनको सबैभन्दा नाम चलेको गीत हो ।

Leave a Reply