काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले पार्टीको निर्णयविरुद्ध नबोली नेता होइँदैन भन्ने मानसिकता त्याग्न चेतावनी दिएका छन् ।
विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसंगठनका इन्चार्ज र पदाधिकारीको च्यासलमा भएको भेलालाई सम्बोधन गर्दै ढकालले पार्टीको संस्थागत निर्णय नमान्ने केही जनसंगठनका पदाधिकारी नोटिसमा रहेको बताए ।
‘पार्टीका नीति, विधि माथि तलबितल गरियो भने मात्र नेता होइन्छ भन्ने सोचाइ त्याग्नुहोस्’केही जनसंगठनका पदाधिकारी लक्षित गर्दै उनले भने, ‘पार्टीको संस्थागत निर्णय नमान्दा हुन्छ भन्ने मानसकिता केही जनसंगठनका पदाधिकारीमा देखिन्छ । यस्तो प्रवृति पार्टीको नोटिसमा छ ।’
भेलालाई जनसंगठन संयन्त्रका उपप्रमुख रचना खड्काले सम्बोधन गरेकी थिइन् । भेलामा सबै जनसंगठनका अध्यक्ष र प्रतिनिधिहरूले आफ्ना संगठनका गतिविधि जानकारी गराए ।

Leave a Reply