प्यालेस्टाइन र इरानमाथिको हमलाविरुद्ध माओवादी र नेकपा एससहित १२ दलले काठमाडौंमा प्रर्दशन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित १२ राजनीतिक दल, संस्था तथा नागरिकको आयोजनामा प्यालेस्टाइनमाथिको आक्रमण र इरानमाथिको हमलाविरुद्ध काठमाडौंमा प्रर्दशन गर्ने भएका छन् ।

भोलि प्रदर्शनीमार्ग काठमाडौंमा प्रदर्शन गर्ने कार्यक्रम तय भएकाे नेकपामा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए। उनका अनुसार जुलुस दिउँसो १ः३० बजे शान्तिबाटीबाट सुरु हुनेछ ।

शान्तिबाटीका, जमल, घण्टाघर, बागबजार, पुतलिसडक हुँदै प्रदर्शनी मार्गमा पुगेर सभापति परिणत हुनेछ ।

भोलिको कार्यक्रमलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लवलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

यसअघि शनिबार बसेको विभिन्न पाँच कम्युनिस्ट पार्टीहरूको बैठकले काठमाडौंमा संयुक्त विरोधसभा गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकमा प्रचण्ड, माधव नेपालसहित नेकपा (विप्लव) का प्रवक्ता प्रकाण्ड, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *