दुर्गेश-सिसनको नयाँ गीत २४ घण्टा नपुग्दै युट्युव ट्रेण्डिङको शीर्ष दुईमा

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापा र भ्लगर सिसन बानियाँले गाएको गीत ‘जाने भए जाम माया’ २४ घण्टा नपुग्दै युट्युवको ट्रेण्डिङमा परेको छ ।

१८ घण्टामा १५ लाख बढी दर्शकले हेरिसकेको गीत युट्युवको संगीततर्फको दुई नम्बर ट्रेण्डिङमा परेको छ । यही रफ्तारमा जाने हो भने छिट्टै नै शीर्षस्थानमा आइपुग्ने देखिन्छ । अहिले शीर्ष स्थानमा सज्जनराज वैद्यको ‘बेहुली’ गीत छ ।

टिकटकमा भाइरल गुराँस नानी, दुर्गेश र सिसनले मोडलिङ गरेको यो गीत दुर्गेश स्वयंको युट्युव च्यानलमा अपलोड गरिएको हो । गीतको शब्द, संगीत पनि दुर्गेशकै हो ।

यसअघि उनको ‘दुश्मन हेरेको हेरै’ गीतले सय मिलियन भ्यूजको आँकडा पार गरिसकेको छ । भ्लगरको रूपमा चर्चित सिसनको यसअघि नवाज अन्सारीसँगको सहकार्यमा ‘बबाल’ र्‍याप गीत हिट बनेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *