काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारी बैठक बोलाएका छन् । आज ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
उनका अनुसार बैठकमा समसामयिक परिस्थिति, सरकारले गरिरहेका कामबारे धारणा, सदनमा पार्टीको भूमिका, पार्टीको अभियान लगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ ।
माओवादीले पार्टीको अभियान सकिएपछि केन्द्रीय समिति बैठक डाक्ने तयारी गरेको छ । बैठकमा त्यसबाहेक पार्टीको सङ्गठनात्मक सुदृढीकरणबारे पनि छलफल हुनेछ ।

Leave a Reply