रवि लामिछानेलाई मनिषाको समर्थन, हस्ताक्षर अभियानमा सहभागी हुँदै

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै जारी हस्ताक्षर अभियानमा सहभागिता जनाउने भएकी छन् ।

उनले वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा नै पुगेर हस्ताक्षर गर्ने कार्यक्रम छ ।

मनिषा अहिले साढे ११ बजे रास्वपा कार्यालय आइपुग्ने हस्ताक्षर अभियानका लागि गठित समितिका सचिव प्रमोद न्यौपानेले जानकारी दिए ।

वैचारिक रूपमा राजसंस्थाको समर्थक रहेकी मनिषा कुनै पार्टीका पक्षमा अहिलेसम्म खुलेकी भने छैनन् ।

हस्ताक्षर अभियानमा उनले ऐक्यबद्धता प्रस्तुत गर्न लागेकोमा रास्वपा पंङ्ति हर्षित बनेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *