काठमाडौं । अमेरिकाले भिसा आवेदकहरुको लागि नयाँ नियम लागू गरेको छ ।
भिसा आवेदकले आफूले ५ वर्षदेखि प्रयोग गर्दै आइरहेको सामाजिक सञ्जालबारे जानकारी दिनुपर्ने भएको छ ।
नेपालस्थित अमेरिकी दुतावासले एक सूचना जारी गर्दै भिसा आवेदकले सामाजिक सञ्जालसम्बन्धी जानकारी नदिएमा भिसा अस्वीकृत हुन सक्छ र भविष्यमा पनि अमेरिकाको भिसाका लागि अयोग्य ठहरिन सक्ने चेतावनी दिएको छ ।
अमेरिकी भिसाको डिएस १६० फारममा हाल नयाँ सुरक्षासम्बन्धी मापदण्ड लागू गरिएको हो । आवेदनकर्ताहरूले विगत पाँच वर्षभित्र प्रयोग गरेका सबै सामाजिक सञ्जाल प्लेटफर्महरू र ती प्लेटफर्ममा प्रयोग भएका ह्यान्डल वा प्रयोगकर्तानामहरू पूर्ण रूपमा उल्लेख अनिवार्य भएको छ ।
आवेदन फारम हस्ताक्षर गरी पेश गर्नु अघि आवेदकहरूले आफूले दिएको सम्पूर्ण जानकारी सही र सत्य भएको प्रमाणित गर्नुपर्छ।

Leave a Reply