सुनकोशी र सप्तकोशीको तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन उदयपुर प्रशासनको अनुरोध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय उदयपुरले सुनकोशी नदी र सप्तकोशी नदीको तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कार्यलयले आज एक सूचना जारी गर्दै तिब्बत मुहान भएका सप्तकोशी नदीका सहायक नदीहरुमा बाढी आउन सक्ने प्रवल सम्भावना रहेकोले अति आवश्यक नपरी हिंडडुल नगर्न, रातको समयमा जोखिम क्षेत्रका मुल सडक र सहायक मार्गहरुमा सवारी साधन चलाउँदा सावधानी अपनाउन अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ, ‘बर्षातको मौसम भएकोले कुनै पनि बेला ठूलो पानी पर्न सक्ने, भू-क्षय तथा खोला, खहरे र नदीहरुमा जल सतह बढ्न सक्ने, तिब्बत मुहान भएका सप्तकोशी नदीका सहायक नदीहरुमा बाढी आउन सक्ने जसका कारण विपद्को अवस्था सिर्जना हुनसक्ने प्रवल सम्भावना रहेकोले अति आवश्यक नपरी हिंडडुल नगर्न, रातको समयमा जोखिम क्षेत्रका मुल सडक र सहायक मार्गहरुमा सवारी साधन चलाउँदा सावधानी अपनाउनु हुन यस जिल्लाको सुनकोशी नदी र सप्तकोशी नदीको तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउनु हुन, सबैमा अनुरोध गरिन्छ ।’

साथै मनसुन सुरु भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा भारी वर्षा भईरहेकाले जिल्लाका विपद् टोलीहरुलाई पूर्वयारी गर्न समेत अनुरोध गरिएको छ ।

पशुपति प्रसाद गण, पिपलटार व्यारेक पूर्वतयारीमा जुट्न आग्रह गरिएको छ भने जिल्ला प्रहरी कार्यालय, उदयपुरको सबै सुरक्षा यूनिटहरुलाई सतर्क अवस्थामा राख्न भनिएको छ ।

श्री सशस्त्र प्रहरी वल, नेपाल ५ नं। गण हे।क्वा। त्रियूगा उदयपुर सबै सुरक्षा यूनिटहरुलाई सतर्क अवस्थामा राखि स्थानीय पालिकाका विपद् सूचक र स्वयंसेवकलाई सूचित गर्न अनुरोध गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *