तीनकुने घटना: न्यौपानेलाई थुनामा पठाउने आदेश, २ जना धरौटीमा रिहा

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनामा संलग्न फरार अभियुक्त सतीश न्यौपानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले न्यौपानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

न्यौपानेलाई राज्यद्रोह, आपराधिक उपद्रव र संगठित अपराधसँग सम्बन्धि कसुर मुद्दामा पुर्पक्षका लागि जिल्ला कारागार, डिल्लीबजार पठाउन आदेश दिइएको  काठमाडाै‌ं जिल्ला अदालतले जानकारी दिएकाे छ  ।

बिनञ्जय थापा र राजेन्द्र जीसीसँग १५/ १५ हजार रुपैयाँ धरौटी माग गरेकाे छ ।

उनीहरु तीनै जना तीनकुने प्रदर्शनपछि फरार भएका थिए ।  फरार तीनैजना आज अदालतमा उपस्थित भएका थिए । उनीहरूविरूद्ध राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *