प्रदीप परियारलाई २५ हजार धराैटीमा छाड्न विशेष अदालतकाे आदेश

काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।

भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेकोमा बुधबार परियार हाजिर भएपछि बयान र थुनचेक बहसपछि उनलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

सोही मुद्दामा बुधबार नै अदालतमा हाजिर भएका काठमाडौं महानगरपालिकाका कर्मचारी बसन्त आचार्य र नमराज ढकालको बयान तथा थुनछेक बहसपछि उनीहरु दुबै जनासँग ५०–५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *