इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तताको माग गर्दै पठनपाठन ठप्प पार्ने प्राध्यापकहरुको निर्णय

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तताको माग गर्दै आन्दोलनरत प्राध्यापकहरुले सम्पूर्ण शैक्षिक गतिविधिहरु ठप्प पार्ने निर्णय गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ–इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका इकाइहरुले बुधबार संयुक्त रुपमा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पत्रकार सम्मेलन गर्दै आफ्ना माग पुरा नभएको भन्दै सम्पूर्ण शैक्षिक गतिविधिहरु ठप्प पार्ने निर्णय गरेको जनाएको हो ।

उनीहरुले इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेका विकेन्द्रीकरण र स्वायत्तताको निरन्तर सुनिश्चित गर्नुपर्ने र संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनैपनि प्रकारको हस्तक्षेप तुरुन्त खोज गर्नुपर्ने माग राखेका छन् ।

आफ्ना मागका बारेमा उपकूलपतिको कार्यालयमा ध्यानाकर्षण माग पत्र बुझाएर कालोपट्टीसहिको धर्ना कार्यक्रम गर्दा पनि मागका बारेमा सुनुवाई नभएकाले इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत विभिन्न पदमा कार्यरत पदाधिकारीबाट सामूहिक स्वेच्छिक राजीनामाका साथै सम्पूर्ण शैक्षिक गतिविधिहरु बन्द गर्ने निर्णय गरिएको प्रा.डा. सङ्गीता सिंहले जानकारी दिए ।

इन्जिनियरिङ शिक्षाको गुणस्तर र गरिमा बचाउने काममा आफु निरन्तर लाग्ने उनीहरुले जनाएका छन् ।

 

Comments

One response to “इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तताको माग गर्दै पठनपाठन ठप्प पार्ने प्राध्यापकहरुको निर्णय”

  1. ksp pyl Avatar
    ksp pyl

    सबैले जानेकै यहि रहेछ । ठप्प पारिदिने । डाक्टरले त ठप्प पारिदिए । विरामी मारेर भए पनि । अब यस्ता ठप्प पार्नेलाई ठप्प पार्नुपर्छ । देश ठप्प होईन फटाहाहरू, तरमाराहरूलाई ठप्प पारेर कामबाट निकालिदिनुपर्छ । नत्र सधैं ठगहरूले राज गरे देशमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *