श्रम र उत्पादनमा वाइसिएल,साउन १ बाट दुई महिने श्रम अभियान थाल्ने

काठमाडौं । नेकपा माओवादी केन्द्र आबद्ध वाइसिएल नेपालले २ महिने श्रम अभियान सन्चालन गर्ने भएको छ ।

वाइसिएलको हालै सम्पन्न पभर्चुअल केन्द्रीय समिति बैठकले  श्रम तथा उत्पादनमा वाइसिएल नाम दिएर २ महिने श्रम अभियान सन्चालन गर्ने निर्णय गरेको हो । अभियानको उद्घाटन साउन १ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्ने वाइसिएलका उपाध्यक्ष हरि ढकालले बताए ।

वाइसिएल अध्यक्षमा पुष्प ओली निर्वाचित भएपछिको पहिलो बैठकले विविध निर्णय गरेको छ । बैठकमा वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटाले संगठनलाई एकताबद्ध बनाएर अभियानमा जुट्न निर्देशन दिएका थिए ।

Comments

One response to “श्रम र उत्पादनमा वाइसिएल,साउन १ बाट दुई महिने श्रम अभियान थाल्ने”

  1. ksp pyl Avatar
    ksp pyl

    शहर पसेर नेताको पछि लागेर, खाएर मोटाएर गाउँको सेवा हुन्छ ? नाटक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *