काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री तथा संविधानसभा सदस्य तुल्सी सुब्बालाई पार्टी सदस्यबाट निष्कासन गरेको छ । २०७९ को निर्वाचनमा कांग्रेस उम्मेदवार सीता गुरुङलाई हराउन खोजेको र एमालेका बिजय सुब्बालाई सघाएको आरोपमा उनीविरुद्ध उजुरी थियो ।
सोही उजुरीबमोजिम कांग्रेस अनुशासन आयोगले महासमिति सदस्य सुब्बालाई कारवाही गरेको हो । उनी २०६४ सालमा कांग्रेसबाट संविधान सभा सदस्य निर्वाचित भएका थिए । २०१५ सालपछि कांग्रेसबाट तेह्रथुममा चुनाव जित्ने उनी पहिलो हुन् ।
पञ्चायतकालमा सहायकमन्त्री बनेका सुब्बालाई गिरिजाप्रसाद कोइरालाले २०५६ सालमा कांग्रेस प्रवेश गराएका थिए ।

Leave a Reply