‘जनै हराएको मान्छे’ को सुटिङमा गीत गाउँदा गाउँदै मुर्छित भए थानेश्वर

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे’को सुटिङको दौरान गायक थानेश्वर गौतम गाउँदागाउँदै अचानक ढलेका छन् । मंगलबार राति १२ बजेतिर बुढानिलकण्ठस्थित एक ब्यांक्वेटमा गजल गायनको दृश्य खिच्ने क्रममा गायक गौतम हार्मोनियममाथि नै ढलेका हुन् ।

‘आधाउधी सपनाहरु भइदिएन पूरा’ बोलको गीत गाउँदा गाउँदै गौतम अचानक ढलेपछि सबैजना आत्तिएका थिए । तर, केहीबेरपछि गौतम सामान्य अवस्थामा फर्किएपछि भने अलि ढुक्क भएको चलचित्रका असोसियट निर्देशक मनिष राउतले बताए । उनले भने, ‘उहाँ प्रेसर लो भएका कारण अचानक ढल्नुभयो । हामी सबै आत्तियौं । तर, हामीसँगै डक्टर पनि हुनुहुन्थ्यो । उहाँले चेकजाँच गर्नुभयो । गाउँदा गाउँदै उहाँ भावनामा बहनुभएछ । त्यस्तो हुँदो मान्छेलाई निकै गाह्रो हुँदो रहेछ ।’

चलचित्रको सुटिङका लागि भनेर आएका डा. सविन कार्कीले गौतमलाई चेकजाँच गरे । उनलाई पानी छम्कियो । अनि बेन्चमा सुताइयो । केहीबेरपछि गौतम सुटका लागि पुःन तयार भए । अनि बाँकी दृश्यहरु खिचेको निर्देशक राउतले बताए ।

सुटिङस्थलमै रहेकी अभिनेत्री मिरुना मगरले आफू सुरुमा आत्तिएको बताएकी छन् । संचारकर्मीसँग कुरा गर्दै उनले भनेकी छन्, ‘सुरुमा त सबै आत्तिएको देख्दा ला अब के होला भन्ने लागेको थियो । तर, विस्तारै उहाँलाई सबैले सम्हालेपछि ठिकै भयो ।’

चलचित्रको यस दृश्यमा वेटरको रुपमा अभिनेता विजय बरालले सुट गरिरहेका थिए । निर्देशत राउतका अनुसार चलचित्रको यो अन्तिम सुटिङ होे । चलचित्र भदौ ६ गतेबाट प्रदर्शन हुँदैछ ।

गायक तथा कलाकार गौतमको पछिल्लो हिट गीत ‘अन्जिला’ चलचित्रको ‘रात किन हुन्छ हजुर’ हो । यसका साथै ‘छुट्नलाई पो रैछ क्यारे’, ‘बेचेर सपना’ लगायत गीतहरु चर्चित छन् । ‘जनै हराएको मान्छे’मा गायकको साथै अभिनेताको समेत भूमिका छन् । चलचित्रमा मगर, बरालको अलवा केकी अधिकारी मुख्य भूमिकामा छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *