काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्ताैलाले केही सांसदहरूले भाइरल बन्नको लागि संसद्मा गलत कुराको प्रचार गरिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै बर्तौलाले रास्वपाको सांसदहरूलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने, ‘संसद्मा यस्ता हावादारी कुरा गर्ने, हरेक दिन, हरेक बैठकमा दूषित समाचार सम्प्रेषणको स्रोत संसद् बनाउन खोजिँदै छ ।’
उनले यसबारे सभामुखको पनि ध्यानाकर्षण गराए ।

Leave a Reply