बुटवल-नारायणगढ सडक एकतर्फी संचालनमा

रुपन्देही । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडक एकतर्फी संचालनमा आएको छ । नारायणघाट बुटवल सडक योजना कार्यालयका अनुसार केही समयदेखि सडक खुलेको हो ।

गयरातिको वर्षाले दाउन्नेदेखि बर्दघाटतर्फ खुर्साने खोला नजिकै पहिरोले सडक बगाउँदा पूर्ण रुपमा अवरुद्ध बनेको थियो ।

भासिएको सडक मर्मत गरिएपछि अहिले एकतर्फी संचालनमा आएको त्यहाँस्थित ट्रफिक प्रहरी कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *