रामकुमारीबारे बास्कोटाको टिप्पणी- हिजो ओलीविरुद्ध बोल्दा ताली ठोक्थे, आज मुखमा पट्टी टाँस्न खोज्दैछन्

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेकोबारे टिप्पणी गरेका छन्।

अध्यक्ष माधव नेपालविरुद्ध अभिव्यक्ति दिएको भन्दै सात दिनभित्र आत्मालोचनासहित जवाफ नदिए कारबाही गर्ने चेतावनीसहित स्पष्टीकरण सोधेको छ।

उनले झाँक्रीको प्रसङ्गलाई टिप्पणी गर्दै भनेका छन्, ‘जे रोप्यो त्यै फल्छ, प्रकृतिको नियम।’

उनले झाँक्रीले हिजो ओलीविरुद्ध बोल्दा ताली ठोक्नेहरू आज मुखमा पट्टी टाँस्न खोजेका भन्दै कटाक्ष गरेका छन्।

बास्कोटाले थपेका छन्, ‘हिजो केपी ओलीविरुद्ध रामकुमारी झाँक्रीले पार्टीमा व्यक्तिले विचार र प्रतिस्पर्धा गर्न पाउने भन्दा बढी बोल्दा नेपथ्य र कन्दराको गीतमा झुमेका दर्शकले झैँ ताली ठोक्ने समाजवादी हातहरू यति छिट्टै झाँक्रीको मुखमा पट्टी टाँस्न उचालिएको देख्दा उदेक छु।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *