उद्धारमा गएको सेनाको हेलिकोप्टर प्राविधिक समस्यापछि चिनियाँ भूमिमा ल्याण्ड, बुधबार मात्रै फर्किने

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट विस्थापित नेपाली नागरिकको उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर प्राविधिक समस्याका कारण चिनियाँ भूमिमा ल्याड गरेको छ ।

रसुवागढी नजिक चिनियाँ भूमिमा अवतरण गराइएको उक्त हेलिकोप्टरमा मेकानिकल समस्या देखिएपछि आजलाई उतै रोकिएको नेपाली सेनाले जनाएको हो ।

सीमापारि पनि उद्धार गर्नुपर्ने आवश्यकता भएकाले हेलिकोप्टर चीनतर्फ गएकोमा प्राविधिक समस्याका कारण हेलिकोप्टर अवतरण गर्नुपरेको र मर्मतपछि फर्किने नेपाली सेनाका सूचना अधिकारीसमेत रहेका सहायक रथी राजाराम बस्नेतले नेपाल प्रेसलाई जानकारी दिए ।

बाढीका कारण चीनतर्फ अलपत्र परेका करिब एक सय ५० जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानमा लैजान हेलिकोप्टर खटिएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *