लोमान्थाङको चुङजुङ खोलामा बाढी, सचेत रहन आग्रह

पोखरा । मुस्ताङ लोमान्थाङ गाउँपालिकाको चुङजुङ खोलामा बाढी आएको छ ।

चीनको तिब्बतबाट उपल्लो मुस्ताङ हुँदै कालीगण्डकीमा मिसिने चुङजुङ खोलामा मंगलबार दिउँसोदेखि बाढी आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु भुसालले जानकारी दिए ।

बाढी हेर्दा ठूलो जस्तो देखिएको र आसपासको क्षेत्रमा सतर्कता अपनाउन भनिएको भुसालले बताए। ‘खोलाले वरिपरिका वस्तुहरु बगाएको छ । हालसम्म कुनै मानवीय क्षति भएको छैन । जोखिम भएको वस्तीलाई सुरक्षित रहन आग्रह गरेका छौं,’ उनले भने

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *