स्वयम्भूमा बस्दै आएका चिनियाँ डेढ करोड रकमसहित बाैद्धबाट पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले एक करोड ४४ लाख रुपैयाँ रकमसहित चिनियाँ नागरिक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४० वर्षीय वाङ जियान रहेका छन् ।

सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खाेजी काराेबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी स्वयम्भू भाडामा बस्दै आएका थिए । उनको साथबाट ईजी २२१६७१ नम्बरको चिनियाँ पासपोर्ट पनि बरामद भएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *