६ दिनअघि राससको समाचार- रसुवागढीमा बाढीपहिरोको जोखिम छ, व्यवसायीले भन्सारका गाडी लगिहाल्नू

काठमाडौं । संयोग नै मानौँ, साताअघि मात्र मिडियामा राष्ट्रिय समाचार समितिको रसुवा डेटलाइनको सानो समाचार प्रकाशन प्रसारण भएको थियो ।

जसमा स्थानीयलाई उद्धृत गर्दै रसुवागढी क्षेत्रमा बाढी पहिरोको जोखिम बढेको उल्लेख थियो भने भन्सार कार्यालयले जाँचपास भएर बसेका गाडी काठमाडौं लैजान व्यवसायीलाई आग्रह गरेको थियो । सो समाचार आएको ६ दिन नपुग्दै ठूलो विनाशकारी बाढी आएर गाडी र मान्छे बगायो ।

भन्सारमा राखिएका इभी गाडी समयमा नै लगिदिन भनेर पटक पटक आग्रह गर्दा पनि नमानेपछि भोटेकोसीमा आएको बाढीले बगाइदिएको छ । यस सन्दर्भमा राससले असार १९ गते समाचार प्रकाशित गरेर विपद्‌को जोखिम हुन सक्ने पनि भनेको थियो । हामी विपद्को पूर्व सूचनालाई निकै नै बेवास्ता गर्छौँ भन्ने उदाहरण यो प्रकरण बनेको छ ।

यस्तो थियो,२०८२ असार १९ गतेको राससको समाचार

Comments

One response to “६ दिनअघि राससको समाचार- रसुवागढीमा बाढीपहिरोको जोखिम छ, व्यवसायीले भन्सारका गाडी लगिहाल्नू”

  1. ram badur Avatar
    ram badur

    जिल्ला, प्रहरी प्रशासनले यसताे सुचना प्रति चनाखाे भई रा स स ले भने बमाेजिम समयमै सतर्क गराउनु पर्थ्याे । भन्सारमा अनाबस्यक भिड हटउन प्रति नलाग्नु नै गम्भीर गल्ति हाे । हुन त माउवादीद्ले म्रृत्युकाे मुखमा पुर्याउदा सम्म थाहा नपाउने हाम्रा निकायकाे गतिमति सजग हुन सकेकाे भए यी माउवादीलाई अहिले बत्ति बालेर खाेज्नस पर्ने अवस्था आउंथ्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *