राप्रपाको प्रश्न- नेपालीको बदनाम भइरहेको भिजिट भिसा प्रकरणमा किन छानबिन समिति गठन भएन ?

काठमाडौं । राप्रपाका सांसद दीपकबहादुर सिंहले बहुमतको बलमा सदनमा नचलाउन चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दा पनि सरकारले नसुनेको आरोप लगाए ।

उनले भने, ’त्यो प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारी समेत मुछिएका छन्, संसारभरि नेपालीहरूको बदनाम भइरहेको विषयमा किन संसदीय छानबिन समिति गठन भएन । अरू जस्तै यसको पनि छानबिन समिति तत्काल गठन होस् ।’

उनले आज पनि राप्रपाले सदन बहिस्कार गर्ने चेतावनी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *