काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाको स्वतन्त्रता संग्राममा रुसको साथ भएको बताएका छन् ।
यही जुलाई ४ मा अमेरिकाले स्वतन्त्रता दिवस मनाइरहँदा पुटिनको यस्तो भनाई सार्वजनिक भएको हो । रुसी पत्रकार पाभेल सारुबिनसँग दिएको एक अन्तरवार्तामा पुटिनले यस्तो बताएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।
आरटीका अनुसार अन्तरवार्तामा पुटिनले अमेरिकासँग धेरै लामो समयसम्म राम्रो सम्बन्ध भएको बताएका छन् । सन १७७५ बाट सन १७८३ सम्म अमेरिकाले बेलायतबिरुद्ध गरेको युद्धमा रुसले हतियार र पैशा दुवैमा सहयोग गरेको पुटिनले बताए ।
सन १८६१ बाट सन १८६५ सम्म भएको अमेरिकाको गृहयुद्धमा पनि रुसले अमेरिकाको उत्तरी पक्षलाई सहयोग गरेको र अहिले त्यही पक्ष नै अमेरिकाको इतिहास भएको भन्दै पुटिनले अमेरिकासँग सम्बन्धको लामो इतिहास भएको बताएका छन् ।
उसो त हिटलर को मोर्चाविरुद्धको पश्चिमा नेतृत्वको युद्धमा रुस पनि हिटलरको विपक्षमा उभिएको थियो । दोस्रो विश्वयुद्धमा सोभियत संघ र अमेरिका एकै कित्तामा थिए ।

Leave a Reply