९ फिट २ इन्च लामो बाटेबाघको छालासहित ३ जना पक्राउ

दाङ । पाटेबाघको छालासहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

गढवा ६ खबरीका ४१ वर्षीय विक्रम बुढामगरको घरबाट बुढामगरसहित बर्दियाको बारबर्दिया-४ का ३३ वर्षीय अनिल थारू र दाङको राजपुर-१ का ५३ वर्षीय केशवराज ठकुरी पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट ९ फिट २ इन्च लामो र ३ फिट २ इन्च चौडाइको पाटेबाघको छाला बरामद भएको दाङका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *