उदयपुर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले नेपालमा राजनीतिक दलका नेता नै भ्रष्टाचारमा जोडिँदा लोकतन्त्रको बद्नाम भएको बताएका छन् ।
आज यहाँ आयोजित उदयपुर उद्योग वाणिज्य सङ्घको तेस्रो जिल्ला अधिशेन उद्घाटन कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गनुपर्ने बेला तलदेखि माथिसम्म राजनीतिक दल र नेता भ्रष्टाचारमा जोडिनु दुःखद् भएको बताए ।
‘यो लोकतन्त्रको सबैभन्दा दुःखद् पक्ष हो । देशमा कामभन्दा बढी भाषण र आफ्नो स्वार्थपूर्तिमा मात्र ध्यान दिँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बद्नाम भइरहेको छ’, सभामुख विष्टले भने, ‘देशले अब धेरै कुरामा परनिर्भर हुँदै गएको छ । उत्पादन र रोजगारीका लागि पर्याप्त ध्यान गएको छैन । अत्याश्यक उपभोग्य वस्तु पनि आयात गर्नुपर्ने अवस्था छ । यसले जनआक्रोश बढाउन भूमिका खेलेको छ । अब सचेत हुन आवश्यक छ ।’
देशलाई समृद्ध बनाउन उत्पादन बढाउने र भ्रष्टाचार नियन्त्रण गर्ने दुई वटामात्र विकल्प रहेको उनको धारणा थियो ।

Leave a Reply