नवलपरासीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

रुपन्देही । पश्चिम नवलपरासीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पाल्हीनन्दन गाउँपालिका- १ को झराही खोला जाने भित्री सडकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय परासीका सूचना अघिकारी वीरदत्त पन्तका अनुसार दुर्घटनामा प्रतापपुर गाउँपालिका- ४ पाचपेडका भोला राजभर र रामग्राम नगरपालिका- १५ डिगौल निवासी राहुल राजभरको मृत्यु भएको हो । उनीहरुको शव जिल्ला अस्पताल परासीमा राखिएको छ ।

भुजहवाबाट महेशपुरतर्फ आउँदै गरेको लु ४७ प ४८७९ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा सोही दिशामा गुडिरहेको लु २ ख ६५४ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *