पाँच वामपन्थी दलले मध्यपूर्वमा गरिएकाे इजरायली हस्तक्षेपविरुद्ध साझा कार्यक्रम गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रलगायत पाँच वामपन्थीले इजरायलले मध्यपूर्वका मुलुकमाथि गरेको हस्तक्षेपविरुद्ध साझा कार्यक्रम गर्ने भएका छन् ।

माओवादी कार्यालय पेरिसडाँडामा शनिबार बसेको पाँच दलको बैठकले मध्यपूर्वमा इजरायली हस्तक्षेपविरुद्ध साझा कार्यक्रम गर्ने निर्णय भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

प्यालेस्टाइनीमाथिको बर्बरतापूर्ण इजराइली नरसंहारविरुद्ध अभियान नै सञ्चालनका लागि संयन्त्र गठन गर्नेसम्मका विषयमा छलफल भएको उनले बताए ।

महासचिव गुरुङले अन्य दलसँग पनि छलफल अघि बढाइने जानकारी दिए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेकपा मसालका महासचिव मोहनविक्रम सिंह र नेकपा क्रान्तिकारी माओवादीका कार्यवाहक महासचिव सीपी गजुरेललगायत नेताहरु सहभागी थिए ।

Comments

One response to “पाँच वामपन्थी दलले मध्यपूर्वमा गरिएकाे इजरायली हस्तक्षेपविरुद्ध साझा कार्यक्रम गर्ने”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    तिमी मार्क्सबादी र इस्लामिक सर्वेच्च्ता मान्नेहरू दुवै उस्तै हौ। दुइटै सिदान्त तानाशाही केन्द्रित व्यवस्थाको वकालत गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *