शंकरलाई कर्ण थापाको चुनौती- उमेर हद र दुई कार्यकालको व्यवस्था कायम छ, जालझेल छाड्नुस्

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था कायम नै रहेको दाबी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आयोगहरूमा मात्रै दुई कार्यकालको व्यवस्था नभएको जिकिर गरे ।

उनले भने, ‘त्यो दुइटा प्रावधान अहिले झन् धेरै औचित्यपूर्ण छन् । हिजो पनि कुनै व्यक्तिलाई हेरेर गरिएको थिएन । यो आन्दोलनमा प्रकट भएको समस्या समाधान गर्न गरिएको थियो । यो व्यक्ति केन्द्रित होइन । एमालेमा त्यो सम्भव छैन ।’

महासचिव शंकर पोखरेलले दुवै व्यवस्था पार्टीले हटाइसकेको दाबी गरेका थिए ।

त्यही अभिव्यक्तिलाई लक्षित गर्दै नेता थापाले भने, ‘पार्टीको तीन वटा विधान छापिएको छ । यो दुवै व्यवस्था छापिएको विधान पनि हामीसँग छ । छलफल नै नगरी अर्कै विधान जालझेल गरी छापिएको पनि हामीसँग छ । केही नेताहरूले सामाजिक सञ्जालमा आफ्नो पद दुरुपयोग गरेर पार्टी पंक्तिमा राष्ट्रिय महाधिवेशनबाट, कसैले विधान महाधिवेशनबाट परिवर्तन गर्‍यौँ भन्नुभएको छ । त्यो कहीँ छलफल भएको छैन ।’

उनले प्रथम विधान महाधिवेशनले जारी गरेको विधान अहिले पनि जारी रहेको दाबी गरे ।

नेता थापाले थपे, ‘त्यस्तो झूट कुरा गर्ने हो भने हामी तथ्य तथ्याङ्क राखेर छलफल गर्न सक्छौँ । जालझेलको तरिका अपनाउन सक्छौँ । जे भएको छ, त्यसमा नयाँ कुरा गर्नु छ भने बहस गरौँ ।’

उनले विद्या भण्डारी हिजो विशेष परिस्थितिमा राष्ट्रपति भएको भन्दै अहिले निष्कलङ्क, सहज र साझा व्यक्ति खोजी हुँदा सक्रिय हुनु स्वाभाविक भएको दाबी गरे ।

उनले थपे, ‘उहाँभन्दा धेरै योगदान गरेका नेताहरू पनि हुनुहुन्छ म मान्छु, तर अहिले उहाँलाई सहज ढङ्गले स्वीकार्न देशभित्र, छिमेकीहरुबीचमा पनि, त्यो परिस्थितिले निर्धारण गर्ने कुरा हो । त्यसैले उहाँ आउँदा पार्टी पंक्तिमा उत्साह आएको छ ।’

वामपन्थीहरूबीच एकता गर्न स्वीकार्य र सहज व्यक्ति पनि भण्डारी नै भएको नेता थापाले जिकिर गरे ।

Comments

3 responses to “शंकरलाई कर्ण थापाको चुनौती- उमेर हद र दुई कार्यकालको व्यवस्था कायम छ, जालझेल छाड्नुस्”

  1. ksp pyl Avatar
    ksp pyl

    राष्ट्रिय एकताको प्रतीक भनेर मानिएको राष्ट्रपतिलाई पार्टीको कार्यकर्ता बन्न उक्साउने यस्ता अनैतिकको के कुरा गर्नु ? ओलिलाई व्यक्तिगत स्वार्थको काम गराउन खोज्दा ओलिले नमानेको झोक फेर्न विद्या भण्डारी बोकेर हिडेको छ यो । यसले धेरै निहु खोजेमा अर्को बामदेव बनाईदिनुपर्छ । विद्या र उनलाई उचाल्नेहरू एमालेमा बस्न लायक नै छैनन । अर्को शिखंडी खडा गर्दैछन् यिनले एमालेमा । बामदेव, माधव, भिम रावल जस्तै । तर यिनको पनि पतन अवश्यम्भावि छ ।

  2. Laleek Avatar
    Laleek

    काम छैन् देशको सर्वोच्च पदमा आशिन भएको ब्यक्तित्वलाई मात्र ? अन्य त्यागी, नेतृत्वमा रहेकाहरूलाई चान्स छैन् ? मै खाउँ मै लाउँ मा नजाओैँ, सचेत रहोैँ ।

  3. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    अझै पनि एकता एकता भन्दै हिड्ने ? एकता भएकाे थियाे त । टिक्याे ? एकताकाे नारा दिएर एमाले ध्वस्त पार्न चाहनेहरुबाट सावधान !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *