भक्तपुर–नाला सडक: नाला पुल बजारको पुल भाँचियो

काठमाडाैं ।  भक्तपुर हुँदै बनेपासम्म जाने बैकल्पिक सडक भक्तपुर–नाला सडक खण्ड अन्तर्गत नाला पुलबजारमा रहेको पुल भाँचिएको छ ।

काभ्रेकाे  बनेपास्थित नालातर्फकाे सडककाे बनेपा- ४ र  बनेपा -१ काे सिमानामा रहेकाे  खाेलामा वर्षाका कारण पुल भाँचिएकाे हाे ।

पुल भाँचिएपछि यो सडक हुँदै आवतजावत गर्ने सवारी साधानहरुले अर्को सडक प्रयोग गर्न थालेका छन् । गए रातीको अविरल वर्षाले गर्दा जीर्ण रहेको यो पुल भाँचिएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं,भक्तपुर हुँदै राजधानी बाहिर जाने हलुका सवारी साधानहरुले यो सडक प्रयोग गर्ने गरेका थिए ।

सुर्यविनायक सडक खण्ड निर्माण कार्य भइरहेकोले यो सडकमा पछिल्लो केही महिनायता ठुला सावरी साधानहरु ले पनि यो सडक प्रयोग गर्न थालेपछि जीर्ण रहेको पुल भाँचिएको बनेपा प्रहरीले जानकारी दिएको छ ।

सडक कार्यालयले अस्थाई रुपमा कल्र्भट निर्माण गरेर सडक सूचारु गर्ने जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *