युवा विद्यार्थीको विद्रोहले एमालेमा ल्याएको हलचल, अब ‘जी-हजुरी’ चल्दैन

आगो भुसभित्र दन्किरहेको थियो, अहिले धुवाँको लप्का अलिअलि गर्दै सतहमा देखिएको छ । यो नेकपा एमालेभित्रको ताजा दृश्य हो । पार्टीबाट माधव-झलनाथ समूहको बहिर्गमनसँगै निर्विकल्प रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पछिल्लो समय चुनौती दिने पात्रको रूपमा पूर्वराष्ट्रपति विद्या भण्डारी देखिएकी छन् । हुन त दुई कार्यकाल राष्ट्रपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउन हुने कि नहुने भन्ने विषय बहसकै क्रममा छ, तर भुल्न नहुने कुरा चाहिँ उनी राजनीतिबाट नै त्यहाँ पुगेकी हुन् । फेरि उनले पूर्वराष्ट्रपतिको रूपमा पाउने सेवा, सुविधा सबै छोड्ने निर्णय गरेर राजनीतिमा फर्किएकी छन्, जुन आफैँमा सराहनीय छ । यसले राज्यलाई केही भने पनि भार कम गर्छ ।

एमालेका दोस्रो र तेस्रो पंक्तिका नेताले अहिलेको स्थिति सम्हाल्ने नदेखिएपछि बाध्यताको विकल्पको रूपमा विद्या भण्डारी देखिएकी छन् । जननेता मदन भण्डारीको लिगेसी बोकेकी उनको परिचय यसैमा सीमित छैन । २०५० देखि २०७१ सम्म लगातार एमाले राजनीतिमा होमिएर नवौँ महाधिवेशनमा लोकप्रिय मत प्राप्त गर्दै उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।

दोस्रो पटक संसद विघटनपछि सर्वोच्च अदालतको परमादेशमार्फत सरकारबाट बाहिरिएसँगै अध्यक्ष ओलीमाथि कैयौँ प्रहार भए । २० प्रतिशतको अध्यादेश ल्याएर पार्टी फुटाइयो । अदालतमा अनेक चलखेल भए । ओलीलाई कहिल्यै उठ्न नदिने संकल्पसहित तत्कालीन पाँच दलीय गठबन्धनले ओली र एमालेविरुद्ध प्रहार गरिरह्यो, तर यावत चुनौतीका बाबजुद एमाले युवा विद्यार्थी ओली र एमालेको ढाल बनेर अग्रपंक्तिमा उभिए, विपक्षीका हरेक प्रहारलाई निस्तेज पार्दै अध्यक्ष ओलीको ओजमा कुनै कमी हुन दिइएन ।

कार्यकर्ता पंक्ति एक भएर डटेर लागे । त्यसैको परिणामस्वरूप अनेक घेराबन्दी र महागठबन्धनका बाबजुद एमालेले पहिलो लोकप्रिय मत पायो । केही ठाउँको प्रत्यक्ष टिकटमा ख्याल राखिएको थियो भने प्रत्यक्षमा पनि पहिलो भएर आउने लगभग पक्का थियो । टिकट बाँड्दा गरिएको गल्तीले एमाले दोस्रो दलमा खुम्चियो, तर ती सानातिना गल्तीलाई एमाले पंक्तिले पूरै नजरअन्दाज गरिदियो ।

केही ठाउँको प्रत्यक्ष टिकटमा ख्याल राखिएको थियो भने प्रत्यक्षमा पनि पहिलो भएर आउने लगभग पक्का थियो । टिकट बाँड्दा गरिएको गल्तीले एमाले दोस्रो दलमा खुम्चियो, तर ती सानातिना गल्तीलाई एमाले पंक्तिले पूरै नजरअन्दाज गरिदियो ।

मध्यपहाडी लोकमार्ग यात्राको क्रममा देखिएको ओलीको क्रेजले विपक्षीलाई नै अचम्मित बनायो, तर पछिल्लो सत्ता यात्रापछि ओलीको क्रेज स्वाट्टै घटेको देखिन्छ । त्यसमा सस्तो लोकप्रियतावादी शक्तिले एमाले र ओलीलाई निशाना गरी छरेको भ्रमले पनि ठूलो भूमिका खेलेको छ । हुन त सत्तामा गएपछि भए, गरेका विभिन्न गलत निर्णय, भ्रष्टाचारमा मुछिएका मन्त्रीलाई कुनै कारबाही नहुनु जस्ता कुराले ठूलो भूमिका खेलेको छ । पार्टी बाहिर विपक्षीदेखि पुरातनवादी, उग्र वामपन्थी शक्तिको निशानामा एमाले परिरहेका बखत पार्टीभित्र पनि अब विकल्पको आवाज सुनिन थालिएको छ । केही अघिसम्म असम्भव जस्तै देखिन्थ्यो । यस्तो स्थितिमा पार्टीभित्रको लोकतन्त्रलाई बलियो बनाउँदै एकताबद्ध हुनुपर्ने हो, तर त्यसविपरीत पार्टीभित्रकै सहयोद्धालाई आधिकारिक र अनधिकृत भन्दै विखण्डनको बिजारोपण गरियो ।

अहिलेको यो हलचल निकै समयअघिबाट सुसुप्त रूपमा देखिन थालेको थियो । युवा संघको नवौँ अधिवेशनताका नै त्यसको लक्षण देखिएको हो । त्यसबेला कार्यकर्ताले ओलीले भनेको काट्न सक्दैनथे या काट्न चाहँदैनथे, तर अहिले परिस्थिति फेरिएको छ । प्रेस चौतारी हुँदै शुरु भएको असन्तुष्टि अखिलसम्म आइपुग्दा विस्फोटको स्थितिमा पुगेको छ । चौतारीमा राजेश राईलाई उम्मेदवार हुन रोक लगाउँदा निरीह देखिएर आँसु झार्दै निस्किएको एमाले जनसंगठनका कार्यकर्ता अखिलको महाधिवेशनसम्म पुग्दा हात उजिल्याएर विद्रोहको बिगुल फुक्ने तहमा पुगेको छ । राजेश राईले गर्न नपाएको काम युवा संघको महाधिवेशनमा सुमन पुरीले गर्न पुगे । कुनै हालतमा चुनाव हुन नदिने भनी जनसंगठन प्रमुखदेखि युवा संघका पुराना अध्यक्षले पूरै जोडबल लगाए, तर सुमन पुरीले त्यसलाई मानेनन् । पार्टीमा सेटल गर्नेदेखि अनेक प्रलोभनका बावजुद पनि उनी रोकिएनन् । अन्ततः चुनाव भएरै छाड्यो ।

मधेशतिर चुनावको अघिल्लो रातलाई ‘कत्लका रात’ भनिए जस्तै भयो । अन्तिम रात अर्थात् ‘कत्लका रात’ ले नै चुनाव जित्ने-हार्ने निर्क्योल गर्छ भनेको सुनिएको थियो । त्यस्तै नभए पनि त्यसैको छनक दिने कार्यको साक्षी फेवाताल र सेती किनार हुनपुग्यो । चुनाव पुरी र क्षितिज थेबेबीच नभएर पूर्वअध्यक्ष, जनसंगठन समन्वय प्रमुखदेखि समग्र पार्टी संस्थापनविरुद्ध पुरी लडिरहेको आभाष हुन्थ्यो । पुरीको पक्षमा युवा संघका पूर्वउपाध्यक्ष अमित लामाबाहेक कोही खुलेनन् । एउटै पार्टीको जनसंगठनमा चुनाव हुँदा विपक्षी दल लडे जस्तो देखिएको थियो । ‘सरकारी उम्मेदवार’ का नाममा भनेर लिस्ट बनाएर प्रतिनिधिलाई बाँडियो । उनीहरूलाई रातारात अनेक प्रलोभन, डर देखाइयो । त्यसका बावजुद पनि निर्वाचनबाट पुरी पछि हटेनन् ।

प्रेस चौतारी हुँदै शुरु भएको असन्तुष्टि अखिलसम्म आइपुग्दा विस्फोटको स्थितिमा पुगेको छ । चौतारीमा राजेश राईलाई उम्मेदवार हुन रोक लगाउँदा निरीह देखिएर आँसु झार्दै निस्किएको एमाले जनसंगठनका कार्यकर्ता अखिलको महाधिवेशनसम्म पुग्दा हात उजिल्याएर विद्रोहको बिगुल फुक्ने तहमा पुगेको छ ।

भोलिपल्ट ‘सरकारी’ भनिएको टोली चुनाव ८०-२० को हो भनेर हियाउँदै हिँडेको पनि देखियो, तर विविध कारणका बावजुद पुरी समूहले जुन मत ल्यायो, त्यो संस्थापनलाई झस्काउनेखालको थियो । झण्डै ४५ प्रतिशत मत ल्याएर पुरी पराजित भए । क्षितिज थेबे पुनः अध्यक्षमा दोहोरिए । थेबेलाई पनि निर्वाचित भएर जानु र नाम पढेर अध्यक्ष हुनुमा धेरै फरक अनुभूति पक्कै भयो होला । सेती किनाराबाट एमाले युवा पंक्तिले पार्टीलाई एउटा दह्रो सन्देश प्रवाह गर्न सफल भयो । हुन त एक मतले हारे पनि त्यो हार नै हो, तर ४५ प्रतिशत युवाको मतलाई सानो आँक्ने गल्ती पक्कै गर्नुहुँदैन ।

सेती किनारमा आएको उछालको गति कम नहुँदै कीर्तिपुरमा अनेरास्ववियुको महाधिवेशनको रौनक शुरु भयो । त्यहाँ पनि हलबाट नाम पढेर ‘टीके कमिटी’ बनाउने प्रयत्न भयो, तर हलले त्यसलाई सीधै खारेज गरिदियो । युवा विद्यार्थीले ‘सेलेक्सन होइन, इलेक्सनमार्फत हाम्रो नेता चुन्न पाउनुपर्छ’ भनेर नाराबाजी गरे । फलस्वरूप त्यहाँ पनि निर्वाचन हुने पक्का भयो । अखिल सचिवद्वय प्रकाश पौडेल र डा.सुजन कडरिया अध्यक्षका लागि आमने-सामने भए । दुईजना नै प्यानल बनाएर चुनावमा होमिए । चुनावी नतिजापश्चात् पौडेल ७ मतले पराजित भए भने डा. कडरिया निर्वाचित भए । उनको जितमा पूर्वअध्यक्षहरू र पार्टी नेताको ठप्पा नलागेको भए सुनमा सुगन्ध हुन्थ्यो ।

पेशाले चिकित्सकसमेत रहेका युवाले अखिलको नेतृत्व गर्नु आफैँमा उपलब्धिपूर्ण कुरा हो । हुन त प्रकाशले विद्यार्थी आन्दोलनको मोर्चामा गरेको संघर्ष कुनै विधावारिधिभन्दा कम छैन, तर आजको कस्मेटिक समाज र सस्तो प्रचारको दुनियाँमा यस्ता कुराले खासै हाइप पाउँदैन । चुनाव लडेपछि हारजित सामान्य हो । त्यसलाई स्वीकार्नुपर्छ, तर निर्वाचन हुँदा एक पक्षलाई आधिकारिक र अर्को पक्षलाई अनधिकृत भनी जसरी प्रचार गरियो, त्यसले एमालेको ठूलो पंक्तिलाई मात्र नभएर पार्टीका शुभचिन्तकलाई समेत चिन्तित तुल्यायो । डा. कडरिया आफैँमा एक सक्षम विद्यार्थी नेता हुन् । उनको क्षमतामा प्रश्न उठाउनु त्यति उपयुक्त नहोला, तर प्रकाश पौडेलविरुद्ध जसरी पार्टी संस्थापन र अखिल पूर्वअध्यक्षहरू मोर्चा बनाएर लागे, त्यो साँच्चै टीठलाग्दो थियो ।

पौडेल अनेरास्ववियुको स्कुल कमिटी अध्यक्ष, क्याम्पस, जिल्ला, केन्द्रीय कमिटी र प्रदेश अध्यक्षको नेतृत्व गर्दै आएका विद्यार्थी नेता हुन् । अनेरास्ववियुको जनकपुर महाधिवेशनबाट निरन्तर सहभागी हुँदै आएका पौडेल धौलागिरी अञ्चलमा केपी ओलीको समर्थनमा खुल्ने एक्ला विद्यार्थी नेता थिए । २०६६/०६७ सालतिर उनको एकल मेहनतले धौलागिरीको विद्यार्थी आन्दोलनमा सयौँ विद्यार्थी जुटे ।

सेती किनारमा आएको उछालको गति कम नहुँदै कीर्तिपुरमा अनेरास्ववियुको महाधिवेशनको रौनक शुरु भयो । त्यहाँ पनि हलबाट नाम पढेर ‘टीके कमिटी’ बनाउने प्रयत्न भयो, तर हलले त्यसलाई सीधै खारेज गरिदियो । युवा विद्यार्थीले ‘सेलेक्सन होइन, इलेक्सनमार्फत हाम्रो नेता चुन्न पाउनुपर्छ’ भनेर नाराबाजी गरे ।

उठान गरेको मुद्दाबाट पछि नहटेको उदाहरण २०७८ को मणिपाल मेडिकल कलेजको आन्दोलनलाई लिन सकिन्छ । उनै प्रकाश नेताले भनेको मानेर चुनावबाट ब्याक नभएकै आधारमा उनीमाथि पूरै पार्टीसत्ता लागेर चुनाव हराउन लाग्यो । उनलाई मात्र नभई समर्थन गर्नेलाई भित्तामै पुर्‍याइदिने चेतावनीहरू सुनिए । यसका बावजुद प्रतिनिधिले नै विद्रोह गरेर उनलाई ७२५ मत दिए, जुन आफैँमा उनको जित हो । ‘विपत्तिमा सहारा, विभेदमा विद्रोह’ भन्ने नारासहित लागेका प्रकाशले आफ्नो नारालाई साँच्चै चरितार्थ गर्दैछन् । धेरैलाई लाग्नसक्ला यी चुनाव र अहिले विद्या भण्डारीको आगमनबीच के साइनो छ ?

पूर्वराष्ट्रपति भण्डारी अहिले तत्काल निर्णय गरेर एमाले राजनीतिमा फर्किएकी होइनन्, तर अहिले उनीमाथि जुन किसिमको आकर्षण पार्टी पंक्तिमा देखिँदैछ, त्यसको मुख्य कारण यही जनसंगठनहरूको महाधिवेशन हो । हिजोसम्म राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा आउनहुन्न भन्ने आमसोचाइ आज एक्कासि परिवर्तन हुँदै गएको देखिँदैछ । त्यसको प्रमुख कारक पछिल्लो समय विशेषतः जनसंगठनभित्र पार्टीले लाद्न खोजेको सर्वसत्तावाद नै हो । अझ पनि धेरै एमाले कार्यकर्ता अध्यक्ष ओली नभएर उनको ‘किचेन क्याबिनेट’ ले यो सब गरेको हो भन्ने ठान्छ । यसमा सच्चाई छैन भन्न सकिन्नँ । जनसंगठन प्रमुखदेखि महासचिवसम्मका नेतागण प्रश्नको घेराभित्र परिरहेका छन् । ती युवाले ‘किस्तीमा राखेर मलाई पद देऊ’ पक्कै भनेका थिएनन् । तिनले आफू ‘जनसंगठन चलाउन सक्षम छु, मलाई स्वतन्त्र तरिकाले निर्वाचनमा जान दिइयोस्, मलाई त्यसबाट आउने परिणाम स्वीकार्य छ’ भनेका थिए ।

के पार्टीभित्र लोकतन्त्र माग्नु, जबजको सीमाभित्र बसेर प्रतिस्पर्धा गर्ने अधिकार माग्नु पार्टीविरोधी हर्कत हो ? एमाले नेतृत्व पंक्तिले के चाहिँ हेक्का राख्नुपर्छ भने हिजो माधव-झलनाथले गरेको भनेको कथित विद्रोह सत्ता र शक्तिको लागि ‘पार्टीद्रोह’ थियो । आजको विद्रोह पार्टी बलियो बनाउन, पार्टीभित्रको लोकतन्त्र जोगाउन कार्यकर्ता तहबाट उठेको विद्रोह हो । यो पार्टीभित्रै बसेर गरिने परिवर्तनमा विश्वास गर्नेहरूको विद्रोह हो ।

अब न कसैले बढार्नुपर्ने, धूलो हावामा उड्यो भनेर कटाक्ष गर्ने मौका पाउँछन्, न त युवा विद्यार्थीको आवाज थुन्न नै सक्छन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले लिनुभएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना पूरा गर्ने हो भने अब पार्टी नेतृत्वले ‘जी-हजुरी’ गर्दै अघिपछि लाग्ने, दैनिक चाकडीमा धाउने, हुक्के बैठकेको घेराबाट बाहिर निस्किएर आमयुवा विद्यार्थीको आवाज सुन्नुपर्छ । हिजो हामीले लिएको अन्तरपार्टी लोकतन्त्रको नारालाई विधान महाधिवेशनमार्फत समृद्ध गरेर अघि बढ्नुपर्छ ।

Comments

3 responses to “युवा विद्यार्थीको विद्रोहले एमालेमा ल्याएको हलचल, अब ‘जी-हजुरी’ चल्दैन”

  1. Laleek Avatar
    Laleek

    वाईयात ! को जि हजुर भनेका ! यहाँ, पार्टीमा द्वन्द ल्याउन खोज्ने कार्यकर्ताले चिन्न पर्नेनै भयो, होसियार ।

  2. ksp pyl Avatar
    ksp pyl

    यो भण्डारी पनि विद्या भण्डारीकै जस्तो अनैतिक तर्क गर्ने रहेछ । राष्ट्रिय एकताको प्रतीक मानिएको राष्ट्रपति पदको गरिमा थाहा नपाएकी विद्यामा पलाएको लोभ र केही स्वार्थीहरूले उचालेका भरमा पार्टी राजनीतिमा लाग्ने भनेकी विद्याले पार्टीमा विग्रह ल्याउन गरेको वाहियात कामलाई युवाको विद्रोह भन्न लाज लाग्दैन मिस्टर ? कसको निर्देशनमा यो समाचार बनाउदैछौ ? के याद गर भने विद्याले त सबै गुमाईन गुमाईन, उनको पछि लागेर खाउँला भनेर हिडन आँटेका पनि पतन हुने भए अब ।

  3. badri Avatar
    badri

    लेख उत्तम छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *